महालक्ष्मी विकास बैंकका ग्राहकलाई अरेबिका र क्याफियोफिलिया कफीमा छुट
काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई सँधै नयाँ सुविधा थप गर्दै जानेक्रममा स्वास्थ्य क्षेत्र, रेष्टुरेन्टलगायतका व्यापारिक संस्थाहरूसँग पनि समन्वय अघि बढाएको छ।
सोही अनुसार कफी पारखीहरूलाई लक्षित गर्दै अरेबिका कफी र क्याफियोफिलिया कफी, भैँसेपाटीसँगको सहकार्यमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको जनाइएको छ।
सम्झौताअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले अरेबिका कफीका विभिन्न फ्रेन्चाइजहरू दरबारमार्ग, बौद्ध, बानेश्वर, राधे राधे भक्तपुर, यू.एन. पार्क ललितपुर, मानभवन, कालीमाटी, बूढानीलकण्ठ र भैँसेपाटी ललितपुरले प्रदान गर्ने सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
जसअन्तर्गत कफी तथा तातो पेय पदार्थमा १० प्रतिशत र इटालियन खानामा १५ प्रतिशतसम्म छुट ग्राहकले प्राप्त गर्न सक्ने जनाइएको छ।
त्यसैगरी महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले क्याफियोफिलिया भैँसेपाटीले प्रदान गर्ने बेकरी आइटमबाहेकका सेवाहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछ्न।
यस कीसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
हालैमात्र बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरुले विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ।
यसअन्तर्गत आफूले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकमको भुक्तानी ६ महिनादेखि १२ महिनासम्मको लचिलो अवधि रहने गरी मासिकरुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्नसमेत सक्नेछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment