एलन मस्कले भने- ‘संसारमा युद्ध निश्चित छ, त्यसमा ५ देखि १० वर्ष लाग्नेछ’
काठमाडौं । अर्बपति एलन मस्कले आगामी पाँचदेखि दश वर्षमा विश्व ठूलो युद्धतर्फ अघि बढिरहेको बताएका छन्। यद्यपि, मस्कले यो द्वन्द्व कसरी सुरु हुन्छ भनेर स्पष्ट पारेनन्।
एक्समा रहेको एउटा थ्रेडको जवाफ दिँदै मस्कले यो कथन दिएका हुन्। एक प्रयोगकर्ताले लेखेका छन्, “आणविक हतियारले युद्ध वा युद्धको सम्भावित खतरालाई रोक्छ त्यसैले सरकारहरू अब राम्ररी काम गरिरहेका छैनन्। त्यसैले, सरकारहरूमाथि कुनै बाह्य दबाब छैन।”
यसको जवाफमा एलोन मस्कले भने, “युद्ध अपरिहार्य छ। ५ वर्ष, बढीमा १० वर्ष।” उनले कुन देशहरू संलग्न हुनेछन् भनेर निर्दिष्ट गरेनन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment