रूपन्देही–३ बाट पूर्वगृहमन्त्री खाँण सिफारिस
काठमाडौं । नेपाली कांग्रेसले रुपन्देही–३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरेको छ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले खाँणलाई प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला कार्यसमिति समक्ष सिफारिस गरेको हो।
उनीसँगै सुशील गुरुङ्ग, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोबिन्दबहादुर खत्रीको नाम सिफारिस गरिएको छ।
खाँण २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट राप्रपाका दिवंगत नेता दिपक बोहरासँग पराजित भएका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment