पार्टीमा नेतृत्व हस्तान्तरण र रुपान्तरणको खाँचो छ : गोकर्ण विष्ट
काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले अहिलेको अवस्थामा पार्टीमा नेतृत्व हस्तान्तर र रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
एमाले महाधिवेशनका सन्दर्भमा बुधबार काठमाडौंमा आयोजित अन्तक्र्रियामा विष्टले अहिले देश र पार्टीभित्र पनि संकट पैदा भएकाले सामूहिक नेतृत्वका लागि पार्टीमा नेतृत्व हस्तान्तर र रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।
उनले ईश्वर पोखरेलको समूहबाट आफूहरू प्रतिस्पर्धामा उत्रने जानकारी दिए। यथास्थितिबाट माथि उठेर नयाँ चुनौतीको सामना गर्नसक्ने नेतृत्व आवश्यक भएको उनको भनाइ छ।
विष्टले लोकतान्त्रीक अभ्यास गर्दा पछि परेका नेताहरुलाई निषेध गर्ने परिपाटीलाई अन्त्य गर्दै सवैलाई समेटेर महाधिवेशनपछि पार्टीलाई एकढिक्का बनाएर लैजाने जिकिर गरे।
उनले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा एकता र सहमतिका साथ पार्टीको नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए। एमालेको महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment