भदौ २३–२४ को आन्दोलनपछि देशमा देखिएको राजनीतिक अस्थिरता र अनिश्चितता अन्त्य गर्नुपर्छ : अर्याल

डिसी नेपाल
२४ मंसिर २०८२ १५:४९
16
Shares

काठमाडौं । नेकपा (एमाले) की सचिव पद्मा अर्यालले नेकपा एमालेको महाधिवेशन ऐतिहासिक र राष्ट्रिय दायित्वसँग जोडिएको कार्यक्रम भएकाले यसलाई अनुशासित, भव्य र सकारात्मक सन्देशसहित सम्पन्न गर्न पार्टी सचेत रहेको बताएकी छन्।

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आउन चार दिन मात्र बाँकी रहेको जानकारी दिँदै उनले राष्ट्र, जनता तथा पार्टीसँग जोडिएका दायित्वहरुलाई कसरी निर्वाह गर्न सकिन्छ भन्ने कुरामा एमाले सचेत रहेको बताएकी हुन्।

उनले भनिन्, ‘राष्ट्रिय महाधिवेशनका ऐतिहासिक राष्ट्रिय दायित्व, पार्टीसँग जोडिएका दायित्व, जनतासँग जोडिएका दायित्व र राष्ट्र, जनता तथा पार्टीसँग जोडिएका दायित्वहरुलाई कसरी निर्वाह गर्न सकिन्छ भन्ने कुरामा एमाले सचेत रहनेछ। हामी राष्ट्रिय अभिभारा पूरा गर्ने संकल्पका साथ अगाडि बढिरहेका छौं। महाधिवेशनलाई अनुशासित तरिकाले भव्य र सकारात्मक सन्देशसहित सम्पन्न गर्नुपर्छ।’

उनले भदौ २३–२४ गतेको आन्दोलनपछि मुलुकको राजनीतिक सन्तुलन बद्लिएको र नेपालको राजनीति दलदलमा फस्ने संकेत देखिएको उल्लेख गर्दै यसले देशलाई अनिश्चितता र अस्थिरताको दिशातर्फ धकेल्ने अवस्था सिर्जना गरेको बताइन्।

उनले भनिन्, ‘भदौ २३, २४ गतेको आन्दोलनपछि मुलुकको राजनीतिक सन्तुलन बद्लिएको छ। नेपालको राजनीति एउटा दलदलमा फस्ने संकेतहरु पनि प्रशस्तै देखिएका छन्। यसले नेपालको राजनीतिलाई एउटा अनिश्चित दिशातर्फ र अस्थिरतातर्फ धकेलिएको अवस्थामा अनिश्चिता र अस्थिरताले मुलुकको हित र जनताको हित हुन सक्दैन। त्यसैले यो राजनीतिक अनिश्चिता र अस्थिरतालाई धेरै लामो रहन दिनु हुँदैन, छिटो भन्दा छिटो यसलाई टुङ्ग्याउनुपर्छ भन्ने कुरामा एमाले पार्टी सचेत छ।’उनले एमालेले आगामी महाधिवेशनमार्फत पार्टी, जनता र राष्ट्रसँगको दायित्व पूरा गर्ने तथा राजनीतिक स्थायित्व कायम राख्ने उद्देश्य राखेको बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *