देउवा प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस

डिसी नेपाल
२५ मंसिर २०८२ १५:३२
56
Shares

काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सभापति शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ।

जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले सभापति देउवाको नाम सर्वसम्मत एकल सिफारिस गर्ने निर्णय गरेको हो।

जिल्ला सभापति भीमबहादुर साउदले पूर्वप्रधानमन्त्री देउवाको नाम सर्वसम्मत एकल सिफारिस गर्ने निर्णय भएको बताएका छन्। सभापति देउवा २०४८ सालदेखि डडेल्धुराबाट लगातार निर्वाचन जित्दै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *