श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता

डिसी नेपाल
२८ मंसिर २०८२ २२:५२
48
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र जेनजी आन्दोलनका अगुवाबीच भेटवार्ता भएको छ।

भेटका क्रममा मन्त्री भण्डारीले प्रधानमन्त्रीले आफूलाई जेनजीको भावना अनुरुप काम गर्न निर्देशन दिएको उल्लेख गर्दै सोहीअनुसार जेनजीकै पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उनको सचिवालयले जनाएको छ।

मन्त्री भण्डारीले आफू मन्त्री पदमा रहँदासम्म मुलुकमा भएको भ्रष्टाचार अन्त्य गर्दै सुशासनको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘मुख्य कुरा युवाको रोजगारी व्यवस्थापनका लागि मन्त्रालयमा नै जेनजी कक्ष राखेर काम गर्ने मेरो योजना छ, जसमा जेनजीको प्रतिनिधित्व रहोस्, उक्त सेलले रोजगारीका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, सीपयुक्त जनशक्तिका लागि तालिम केन्द्रसँग समन्वय गर्नेछ।‘


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *