एमाले महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच भिडन्त

डिसी नेपाल
२९ मंसिर २०८२ ११:५७
528
Shares

काठमाडौं। नेकपा एमाले को महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ। ११ औं महाधिवेशनको उम्मेदवारी दर्ता प्रक्रिया आरम्भ हुनुअघि दुवै पक्षले पदाधिकारीमा आफ्नो उम्मेदवार टुंगो लगाएका छन्।

एमाले स्रोतका अनुसार केपी ओलीको टिमबाट महासचिवमा शंकर पोखरेलले प्रतिस्पर्धा गर्ने लगभग पक्का भएको छ। यस्तै इश्वर पोखरेल प्यानलबाट सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन्। सोमबार बिहान पोखरेल समूहले आफ्नो टिमबाट पाण्डेलाई महासचिवको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

पोखरले प्यानलबाट पाण्डे सर्वसम्मत महासचिवको उम्मेदवार बन्दा ओली प्यानलबाट भने पोखरेल सर्वसम्मत हुन सकेनन्। महासचिवमा उपमचासचिव प्रदीप ज्ञवालीले दाबी गरेका थिए।

तर ओलीले पोखरेललाई च्यापेपछि ज्ञवालीले आफू कुनै पनि पदमा उम्मेदवारी नदिने अडान राखेका छन्। यसैगरी महासचिवमा अर्का उपमासचिव पृथ्वीसुब्बा गुरुङलेसमेत इच्छा देखाएका थिए।

गुरुङ सके आफैं महासचिव बन्ने, नसके पोखरेललाई रोक्ने रणनीतिमा थिए।। तर अन्तिममा ओलीले उनलाई उपाध्यक्ष बनाउने भएपछि उनी व्याक भएका हुन्। एमालेको नेतृत्वसहितको नयाँ कमिटी चयनका लागि मंगलबार निर्वाचन गर्ने तयारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *