कांग्रेसमा पुन: किचलो : विशेष महाधिवेशन पक्षधरले बुझायो स्मरण पत्र
काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको विषयलाई लिएर पुन: किचलो सुरु भएको छ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीलाई नियमित महाधिवेशनका लागि स्मरण पत्र बुझाएको छ। पूर्वनिर्धारित नियमित मितिमा महाधिवेशन गर्न नेतृत्वले अलमल देखाएको भन्दै विशेष महाधिवेशन पक्षधरले कार्यबहाक सभापति पूर्वबहादुर खड्कालाई शुक्रबार स्मरण पत्र बुझाएको हो ।
देशव्यापी हस्ताक्षर अभियान चलाएको समूहले २९ असोजमा विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कालाई २४८८ प्रतिनिधिको हस्ताक्षर बुझाएको थियो।
हाल कांग्रेसमा पुसको दोस्रो साताबाट वडा तहको अधिवेशन सुरु गरेर यही महिनाको २७ देखि २९ सम्म १५औं महाधिवेशन गर्ने कार्यतालिका छ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment