ईश्वर पोखरेल काठमाडौं-५ बाट एकल सिफारिस
फाइल तस्विर
काठमाडौं। नेकपा (एमाले)का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम काठमाडौं निर्वाचन क्षेत्र ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ एकल सिफारिस भएको छ।
आइतबार बसेको एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि पोखरेलको नाम उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको हो।
नेता पोखरेलले गृह क्षेत्र काठमाडौं ५ बाट निर्वाचन लड्दै आएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment