ट्रम्पले मोदीलाई पहिले मख्ख पारे, त्यसपछि ठूलो झट्का दिए

डिसी नेपाल
२१ पुष २०८२ १०:४९
1.4k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल किनेको विषयमा प्रतिक्रिया दिएका छन्।

एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “उनी (मोदी) मलाई खुसी बनाउन चाहन्थे। मोदी भित्रैदेखि धेरै राम्रा व्यक्ति हुन्। उनलाई थाहा थियो कि म खुसी छैन र उनले मलाई खुसी बनाउनु आवश्यक थियो ।”

ट्रम्पले पहिले भारतीय प्रधानमन्त्री मोदी धेरै असल व्यक्ति भएको भन्दै उनको खुबै प्रशंशा गरे । उनले पहिले मोदीलाई खुसी बनाउने किसिमले धेरै प्रशंशा गरे । लगत्तै उनले मोदीलाई ठूलो झट्का दिए । उनले भारतमाथि लगाइएको भारी कर अझै बढाउन सक्ने स्पष्ट चेतावनी दिए ।

अमेरिकी राष्ट्रपतिले स्पष्ट शब्दमा भने ‘हामी (भारत र अमेरिका) एकअर्कासँग व्यापार गर्छौं र यदि भारतले हाम्रो कुरा सुनेन भने हामी चाँडै नै उनीहरूमाथि कर बढाउन सक्छौं।’

ट्रम्पको टिप्पणी यस्तो समयमा आएको हो जब भारत र अमेरिका ट्यारिफ वार्तामा संलग्न छन्। ट्रम्पले पहिले नै दाबी गरेका छन् – मोदीले उनलाई भारतले रूसबाट तेल खरिद सीमित गर्ने आश्वासन दिएका थिए।

अमेरिकाले पहिले नै भारतमा ५० प्रतिशत भन्सार कर लगाइसकेको छ, जसमध्ये २५ प्रतिशत भन्सार रूसबाट तेल खरिद गरेकोमा ‘सजाय’ को रूपमा लगाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *