एमालेले निर्वाचनलाई प्रतिगमन सच्चाउने आन्दोलनको रुपमा उपयोग गर्ने

डिसी नेपाल
२२ पुष २०८२ १४:३३
4
Shares

काठमाडाैं। नेकपा एमालेका सचिव महेश बस्नेतले आम निर्वाचनलाई प्रतिगमन सच्चाउने आन्दोलनको रुपमा उपयोग गर्ने बताएका छन्।

मंगलबार पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले निर्वाचनलाई आन्दोलनको रुपमा अघि बढाउने बताएका हुन्। प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने अवस्थामा एमाले रहेकाले अन्य दलसँग सहकार्य हुँदा उच्चतहको समझदारी र सहकार्य नहुँदा एक्लै चूनावमा होमिने उनले बताए।

बस्नेतले मुलुकलाई निकास दिनका लागि ठूला दलहरु मिल्दा घोषित मितिमा निर्वाचन हुन नदिने आशंका कायमै रहेको दाबी गरे।

मुलुकमा वैदेशिक षडयन्त्रणलाई पूर्णरुपमा निष्जेत पार्नका लागि भएपनि एमाले, कांग्रेस र नेकपाबीच सहकार्य हुनुपर्ने बिचारहरुपनि एमालेभित्र रहेको उनको भनाइ छ। उनले अहिलेको अवस्थामा पार्टीलाई समेत एकजुट बनाएर जनतामाझ जानुपर्नेमा जोड दिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *