जेन-जीको विरोध प्रदर्शनमा कम्तिमा ३६ जनाको मृत्यु

डिसी नेपाल
२३ पुष २०८२ ११:३४
2.0k
Shares

काठमाडौं । मानव अधिकार संगठनका अनुसार इरानमा विगत १० दिनदेखि भइरहेको विरोध प्रदर्शनका क्रममा कम्तीमा ३६ जनाको मृत्यु भएको छ।

इरानस्थित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सी (एचआरएएनए) ले मृत्यु हुनेमध्ये ३४ जना प्रदर्शनकारी रहेको र दुई जना सुरक्षा बलका सदस्य रहेको जनाएको छ।

इरानी अधिकारीहरूले अहिलेसम्म मृत्यु हुनेको आधिकारिक संख्या जारी गरेका छैनन्, यद्यपि उनीहरूले तीन सुरक्षाकर्मी मारिएको बताएका छन्।

बीबीसी फारसीले अहिलेसम्म २० जनाको मृत्यु र पहिचान पुष्टि गरेको छ।

एचआरएएनएका अनुसार हिंसाका क्रममा ६० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् र २,०७६ जनालाई पक्राउ गरिएको छ।

आर्थिक संकटका कारण सुरु भएका यी विरोध प्रदर्शनहरू अहिले देशका ३१ मध्ये २७ प्रान्तमा फैलिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *