देउवाले भने- कांग्रेस फुट्न दिँदैन

डिसी नेपाल
२५ पुष २०८२ १६:२०
1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई फुट्नबाट रोक्ने बताएका छन्।

एकताका लागि भूमिका खेल्न आग्रह गर्दै आफूलाई भेट्न पुगेका नेविसंघका केन्द्रीय सदस्यसँग देउवाले पार्टी एकताबद्ध बनाउने प्रतिबद्धा जनाएका हुन्।

सभापति देउवालाई भेट्न नेविसंघ केन्द्रीय सदस्यहरू धर्मराज शाही, जगतजंग बिष्ट, विनोद शाही, आशिष देवकोटा, बाबुराम भट्टराई, नवीनराज जोशी, सन्देश तामाङ, राजु पंगेनीलगायत पुगेका थिए।

विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशनको तयारी तीव्र पार्दा कांग्रेसभित्र मतभेद बढ्दो छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *