एमालेको राजधानी विशेष कमिटीको घोषणा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संशोधित विधानअनुसार गठित राजधानी विशेष कमिटीको आज घोषणा गरिएको छ। आज आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा सो कमिटीको घोषणासहित आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको विशेष अभियान सुरु भइसकेको छ।
एमालेको गत भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न दोस्रो विधान महाधिवेशनले काठमाडौं उपत्यकालगायत जिल्ला कमिटीलाई समेटेर प्रदेशस्तरको सङ्गठन कमिटी गठनको व्यवस्था गरेको थियो । उक्त व्यवस्थानुसार एमालेको यही पुस २२ गतेको सचिवालय बैठकले नारायण सिलवाल (काठमाडौं)को नेतृत्वमा पदाधिकारी तोकेको थियो।
कमिटीको पदाधिकारीमा उपाध्यक्ष प्रेम महर्जन (ललितपुर), सचिव मिलन धरेल (उपत्यका विशेष), उपसचिवद्वय शशिजङ्ग थापा (भक्तपुर) र वेलिमाया घले (काठमाडौं) रहेका छन्। सो कमिटीको इञ्चार्जमा पार्टीका सचिव डा राजन भट्टराई तोकिएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment