देउवा समूहले भन्यो– अब सबैखाले लडाइँ लड्छौं
काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै सबै खाले लडाइ लड्ने चेतावनी दिएको छ।
देउवा समूहका नेता पूर्णबहादुर खड्काले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै निर्वाचन आयोगले गगन थापालाई कांग्रेसको सभापतिमा अद्यावधिक गर्ने निर्णय गरेकोप्रति आपत्ति जनाउँदै उक्त चेतावनी दिएका हु्न्।
‘जे आशंका थियो त्यही भयो। यो नेपालको स्थापित नजिरको विरुद्धमा छ। हामी राजनीतिक र वैधानिक सबै लडाइँ लड्छौं,’ उनले भने।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment