एमाले सचिवालय बैठक जारी
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो तीन बजेदेखि बैठक जारी रहेको केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीले जानकारी दिए।
उहाँका अनुसार बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका उम्मेदवारबारे छलफल भइरहेको छ। ‘जिल्ला हुँदै प्रदेश कमिटीले केन्द्रमा उम्मेदवारको नाम सिफारिस गरेका छन्, ती नाममा पार्टीका शीर्ष नेताहरूले छलफल गरिरहनुभएको छ’, डा अधिकारीले भने।
निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवार मनोनयन गर्नुपर्ने भएकाले एमालेले आजै उम्मेदवारको टुङ्गो लगाउने गरी छलफल गरिरहेको जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment