निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च अदालत जाने

डिसी नेपाल
४ माघ २०८२ ९:४६
184
Shares

काठमाडौं। निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत जाने भएको छ।

शनिबार बसेको देउवा समूहको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो।

बैठकले कानुनी पाटोको जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो।

खड्काले रिट तयार पार्नका लागि कानुन व्यवसायीहरुसँग छलफल समेत गरिसकेका छन्। त्यसमा बरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसी लगायतले साथ दिने बताइएको छ।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले गरेको विशेष महाधिवेशनको औचित्य नहुने भन्दै देउवा पक्ष विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आइरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *