चुनावमा मुखमा ओलीले ‘इगो’ साँधेपछि एमालेमा चर्को असन्तुष्टि

डिसी नेपाल
४ माघ २०८२ १०:३५
3.3k
Shares

काठमाडौं। नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि १४० जनाको नाम तय गरेको छ। कुल १६५ निर्वाचन क्षेत्रमध्ये १४० निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको एमालेले बाँकी उम्मेदवार तोक्ने जिम्मा अध्यक्ष केपी ओलीलाई दिएको छ।

टिकट वितरणमा अध्यक्ष ओलीले एकलौटी गरेको भन्दै पार्टीभित्र असन्तुष्टि चुलिएको छ। अझ टिकट वितरणमा ११ औं महाविधेशनमा आफू विरुद्ध प्रतिस्पर्धा गरेको अधिकांशलाई ओलीले टिकट दिएका छैनन्। उपाध्यक्ष गोकर्ण विष्ट बाहेक आफू विरुद्ध प्रतिस्पर्धा गरेकालाई ओलीले टिकट नदिएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको हो।

गत महाविधेशनमा ओली विरुद्ध प्यानल बनाएर लडेका ईश्वर पोखरेल समूहका नेतामध्ये गोकर्ण विष्टबाहेक सबैजना टिकटबाट वञ्चित भएका हुन्। ओलीले ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकुल बास्कोटा, ठाकुर गैरे, विनोद ढकाल, कर्ण थापालाई टिकटबाट वञ्चित गरेका हुन्।

यद्यपि ओलीले ईश्वर पोखरेल, योगेश भट्टराई र गोकुल बास्कोटाको निर्वाचन क्षेत्रमा हालसम्म कसैलाई पनि टिकट दिएका छैनन्। ती क्षेत्रमा टिकट दिने जिम्मेवारी ओलीलाई नै दिइएको छ।।

यसअघि योगेशले ताप्लेजुङबाट, गोकुलले काभ्रे दुईबाट, ठाकुरले पाल्पाबाट चुनाव जितेका थिए। तर यो पटक उनीहरु टिकटबाट वञ्चित हुने देखिएको छ। एमाले उपाध्यक्ष विष्णु पौडेल निर्वाचन जित्न सहज मानिएको पाल्पा २ बाट उम्मेदवार बनेका छन्। जसका कारण ठाकुर गैरे पटकबाट बञ्चित भएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *