दुई दिनमै दर्जनौं शीर्ष नेताले साथ छोडिसकेपछि देउवा समूह सर्वोच्चमा

डिसी नेपाल
४ माघ २०८२ ११:४१
2.5k
Shares

काठमाडौं। नेपाली कांग्रेसको देउवा पक्ष गगन आफ्नो पुरानो कार्यसमितिलाई आधिकारिकता दिन माग गर्दै सर्वोच्च अदालत पुगेको छ। विशेष महाधिवेशनको विपक्षमा रहेका दर्जनौं शीर्ष नेताले साथ छोडिसकेपछि बल्ल देउवा समूह अदालत पुगेको हो।

निर्वाचन आयोगले विशेष महाधिवेशनले निर्वाचित गरेको गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिइसकेको छ। त्यसपछि २ दिनको अवधिमा शेखर कोइराला समूहका नेताहरूदेखि अन्य केही केन्द्रीय समितिका सदस्यहरूले समेत गगनलाई सभापति मान्ने भनिसकेका छन्। उनीहरूले केन्द्रीय समिति बैठक भनेर देउवा समूहले बोलाउने बैठकमा सहभागी नहुने बताइसकेका छन्। उनीहरूले हिजोको भेलामा हाजिरी पनि गरेनन्।

गगन थापाको नेतृ्त्वले शुक्रबार मान्यता पाएपछि त्यसयता देउवा समूहका धेरै केन्द्रीय सदस्य मात्र नभइ जिल्ला स्तरका नेता र महाधिवेशन प्रतिनिधिहरू पनि गगनतिर ढल्किसकेका छन्। हस्ताक्षर फिर्ता लिएका भनिएका महाधिवेशन प्रतिनिधिहरू समेत नयाँ नेतृत्वको समर्थन गर्ने अवस्थामा पुगिसकेपछि देउवा समूह अदालत गिसकेको हो।

८ सय बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको पत्रलाई विशेष महाधिवेशन अवैध भएको प्रमाणको रूपमा निर्वाचन आयोगमा पेश गरेको देउवा समूहको दाबीलाई महाधिवेशन भइसकेपछि हस्ताक्षर फिर्ताको औचित्य नहुने भन्दै निर्वाचन आयोगले अस्वीकार गरेको थियो । अब ती फिर्ता गर्नेहरू समेत फिर्ता नगर्ने मनस्थितिमा पुगिसकेको बेला देउवा पक्षले आधिकारिकता पाउने सम्भावना न्यून मानिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *