फरक दृष्टिकोण भएका दलबीच हुने ध्रुवीकरणबाट देशले निकास पाउँदैनः अध्यक्ष लिङ्देन

डिसी नेपाल
५ माघ २०८२ २२:२१
144
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक आदर्श तथा सिद्धान्तमा फरक दृष्टिकोण भएका दलबीच हुने ध्रुवीकरणबाट देशले निकास नपाउने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले वैचारिक दृष्टिकोण निकट दलहरुबीच हुने एकता स्वभाविक भए पनि त्यसबाहेकको ध्रुवीकरणले समस्याको समाधान गर्न नसक्ने बताएका हुन्।

अध्यक्ष लिङ्देनले पार्टी सङ्गठनलाई बलियो बनाएर चुनावमा विजयी गराउन नेता तथा कार्यकर्तालाई एकजुट हुन निर्देशन दिए।

अधिवक्ता स्वागत नेपाल र पत्रकार गजेन्द्र बुढाथोकीलाई पार्टीमा स्वागत गर्दै उनले मुलुकमा निषेधको राजनीति गर्न नहुने धारणा राखे। अध्यक्ष लिङ्देनले नवीन समझदारीका लागि सबै राजनीतिक दल र सम्बद्ध पक्षलाई दबाब सिर्जना गर्ने तयारी भइरहेको उल्लेख गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *