दुई हजार एक सय जना एमालेमा प्रवेश

डिसी नेपाल
१० माघ २०८२ १६:१५
5.8k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित दुई हजार १०० जना नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई खादा र टीका लगाएर पार्टी प्रवेश गराएका हुन्।

त्यस अवसरमा धितोपत्र व्यवसायी अग्रवाल, युवा व्यवसायीहरु सुरेन्द्र शाही, खगेन्द्र थापा, पदम साउद, अशोक साउदसहितका नवप्रवेशीहरुले ‘शेयर बजारको विकास र विस्तारका लागि एउटै मञ्चबाट सम्बोधन’ को सन्देश दिएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *