राष्ट्रिय सभामा नारायण दत्त भट्टको कटाक्षः लोकतन्त्रको नाममा थिति, विधि र प्रक्रिया ध्वस्त

डिसी नेपाल
१४ माघ २०८२ १४:५३
12
Shares

काठमाडौं। राष्ट्रिय सभाका सदस्य नारायण दत्त भट्टले वर्तमान राजनीतिक नेतृत्व र लोकतान्त्रिक अभ्यासप्रति कडा टिप्पणी गरेका छन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै भट्टले सरकार र राजनीतिक नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए।

उनले प्रधानमन्त्री सुशिला कार्की प्रति संकेत गर्दै नागरिक अगुवाहरूको सरकार बने–नबनेको आफूलाई स्पष्ट नभए पनि वरिपरि ‘घण्टी नै घण्टी फलाउने’ प्रवृत्ति देखिएको टिप्पणी गरे। भट्टले आफूलाई समाजको ‘नायक’ ठान्दै अरूमाथि नैतिक प्रश्न उठाउने तर जिम्मेवारीबाट भागेर पुनः दलकै नाममा सत्तोसराप गर्ने प्रवृत्तिको आलोचना गरे।

पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाल सबैलाई उल्लेख गर्दै उनले प्रजातन्त्रका नाममा प्रयोग गरिएका अधिकार संविधानको मातहतमै रहेको स्पष्ट पारे।

उनले यस्ता संवैधानिक अधिकारलाई निरर्थक ठहर गर्दै ‘यी केही पनि होइनन्’ भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेकोप्रति आपत्ति जनाए। भट्टका अनुसार यस प्रकारको सोच र अभ्यास लोकतान्त्रिक प्रणालीका लागि खतरनाक छ।

वर्तमान अवस्थालाई गम्भीर चिन्ताको विषय भन्दै उनले भने, ‘आज यो देशमा थिति, विधि, प्रक्रिया र पद्धति सबै ध्वस्त पारिएको छ।’ लोकतन्त्रको नाममा व्यवस्था र प्रक्रियामाथि प्रहार भइरहेको उनको निष्कर्ष थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *