उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण
काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी चुनावी मैदानमा उत्रिसकेको बताएका छन्। सिमरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकीकरण भएको जानकारी दिए।
अध्यक्ष घिसिङका अनुसार एकीकरणपछि राष्ट्रिय परिवर्तन पार्टीका केही समानुपातिक उम्मेदवारलाई उज्यालो नेपाल पार्टीका समानुपातिक सूचीमा समावेश गरिएको छ। दुवै पार्टीका समानुपातिक उम्मेदवार राष्ट्रिय परिवर्तन पार्टीको चुनाव चिन्ह ‘बाँसुरी’ अन्तर्गत रहेकाले समानुपातिकतर्फ बाँसुरी चिन्ह प्रयोग गरिएको उनले स्पष्ट पारे।
उनले प्रत्यक्षतर्फ भने उज्यालो नेपाल पार्टीकै चुनाव चिन्ह ‘चिम’ रहने जानकारी दिए। अध्यक्ष घिसिङले मतदातालाई समानुपातिकतर्फ बाँसुरी चिन्हमा र प्रत्यक्षतर्फ चिम चिन्हमा मतदान गर्न आग्रह गरे।
उनले भने, ‘हामी चुनावी मैदानमा आएका छौं। जसमा हामीले राष्ट्रिय परिवर्तन पार्टीसँग एकीकरण गरेका छौं। उहाँहरुको समानुपातिक उम्मेदवारलाई हाम्रो समानुपातिकका साथिहरुलाई केही रिप्लेस गरिएका छ। राष्ट्रिय परिवर्तन पार्टीको चिन्ह् बाँसुरी चिन्ह् हो र हाम्रा समानुपातिक उम्मेदवारहरु त्यसमा भएको हुनाले समानुपातिकमा बाँसुरी चिन्हमा मतदान गर्न आह्वान गर्छु। प्रत्यक्षको लागि चुनाव चिन्ह ‘चिम’ नै हुन्छ। प्रत्यक्षमा ‘चिम’ चिन्हमा मतदान गर्न आह्वान गर्छु।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment