सडक छेउमा २५ वर्षीया युवतीको शव फेला

डिसी नेपाल
२३ माघ २०८२ १५:३४
2.0k
Shares

जनकपुरधाम । धनुषामा सडक छेउमा एक युवतीको शव फेला परेको छ। धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा सडक छेउमा अन्दाजी २५ वर्षीया महिलाको शव फेला परेको हो।

महिलाको टाउकोमा घाउ देखिएकाले हत्या गरेर फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

आज बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। महिलाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *