रास्वपा कर्णालीकी संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेस प्रवेश

डिसी नेपाल
१७ फागुन २०८२ ९:५५
1.7k
Shares

सुर्खेत। प्रतिनिधि सभा सदस्य निर्वाचन निजिकिँदै गर्दा नेपाली कांग्रेस प्रवेश गर्नेको संख्या बढ्दै गएको छ। विभिन्न पार्टी परित्याग गरेर पुरानो पार्टी कांग्रेसमा प्रवेश गर्नेको संख्या बढ्दै गएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)कर्णाली प्रदेशकी महामन्त्री चन्द्रा बिक र रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरूसँगै रास्वपाका कार्यकर्ता पनि कांग्रेसमा आएका छन्।

कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान आयोजित एक समारोहमा उनीहरूसँगै रास्वपा छाडेका दर्जनौँ व्यक्तिलाई खादा मालाले स्वागत गरे। पछिल्लो समय रास्वपा छाडेर कांग्रेस प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।

रास्वापाले प्राथमिक चुनावमा ५० हजार रुपैयाँ, प्रत्यक्ष निर्वाचनमा २५ हजार रुपियाँ लगेको तर यसको लेखाजोखा प्रदेश र जिल्लाले नदेखाएको महामन्त्री विकको आरोप छ। रास्वपा बनाउँछौ भनेर आएका व्यक्तिलाई आत्मग्लानि भएर पुरानै पार्टीमा फर्कनु परेको उनले जानकारी दिइन्।

प्रदेशकै महामन्त्रीसँगै प्रदेश राजधानीका कार्यवाहक सभापति कांग्रेस प्रवेश गरेपछि चुनावको मुखमा रास्वपालाई ठूलो धक्का पुगेको छ । शुक्रबार रातिमात्र अग्रज नेता डा पुष्प खरालले रास्वपाबाट राजीनामा दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *