मेरिल्याण्ड नेपाली मेडिकल सोसाइटीद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान

डिसी नेपाल
१ वैशाख २०८३ १६:३३
44
Shares

मेरिल्याण्ड, (अमेरिका) । अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोवास गर्ने नेपाली स्वास्थ्यकर्मीहरूले ‘स्वस्थ समुदायका लागि एकजुट’ भन्ने मूल मन्त्र लिएर स्थापना गरेको संस्था मेरिल्याण्ड नेपाली मेडिकल सोसाइटी ‘एमएनएमएस’ले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान एवं भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

अप्रिल ११, २०२६ शनिबार बाल्टीमोरमा सम्पन्न भएको कार्यक्रममा स्वास्थ्यकर्मी, कलाकार, कुटनीतिज्ञ, विध्यार्थी, समाजसेवी र सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। डा. उज्वल गौतम, डा. एकता कोइराला, बिशाल बिष्ट र संस्थाका महासचिव डा. अन्जु खरेलले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष सुनिता बस्नेत थापाले संस्था स्थापनाको उद्देश्य, संस्थाको कार्ययोजनाहरूबारे जानकारी दिए।

कार्यक्रममा अमेरिकाका लागि कार्यबाहक नेपाली राजदूत शरदराज आरण र अमेरिकी सिनेटर कार्लस ज्याक्सनले नेपाली समुदायको एकता र स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।

त्यस्तै मिलिटरी जनरल पूर्ण प्रसाद ढकाल, हिन्दु बुद्ध मन्दिरका संस्थापक तथा बरिष्ठ डा. श्याम कार्की, एनआरएन एनसिसिकी अमेरिकाकी उपाध्यक्ष सुनिता खत्री, डा. जगदम्बा पण्डित, बरिष्ठ गायक प्रेमराजा महत, इनास मेरिल्याण्डकी अध्यक्ष शान्ती भण्डारी लगायत स्थानीय संघ-संस्थाका प्रतिनिधिहरूले सस्थाले गर्दै आएको कार्यहरुको प्रशंसा गर्दै आगामी दिनमा संस्थासँग सहकार्य गर्ने प्रतिबद्धतासमेत गरेका थिए।

उत्साहजनकरुपमा दर्शकहरूको उपस्थिति रहेको सो कार्यक्रममा वरिष्ठ लोकगायक गायक ‘अन्तर्राष्ट्रिय आभुषण’ प्रेमराजा महत, इनास अध्यक्ष शान्ती भण्डारीको, डा. रानी शाक्य, लक्ष्मण पौडेल, स्वरुपा रसाइली, साथै संस्थाका सदस्य कलाकारहरूले दिएको सांगीतिक प्रस्तुतिले कार्यक्रमको रौनकता थपेको थियो। साना-साना बाबुनानीहरूले गाएको राष्ट्रिय गानले नयाँ पुस्ताको नेपाली कलाप्रतिको समर्पण देखाएको थियो।

मेरिल्याण्ड राज्यभित्र रहेका स्वास्थ्यकर्मीलाई एउटै छानामुनि ल्याई एक आपसमा सहयोग र भाइचारा कायम गराउने र विशेष गरि यहाँ स्थापित भैसकेका स्वास्थ्यकर्मीले यस क्षेत्रका नवप्रबेशी स्वाथ्यकर्मी र नेपालबाट आएर यस क्षेत्रमा प्रवेश गर्न चाहनेहरूको लागि आवश्यक सहयोग र मार्गदर्शन गर्ने हेतुले सन् २०२५ मा संस्था स्थापना भएको थियो।

यस संस्थाले स्थापनाकाल पूर्वदेखि नै बिभिन्न संघसंस्थाहरूसँग सहकार्य गर्दै निशुल्क स्वास्थ्य शिविर, मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना, खोप, आकस्मिक स्वास्थ्य सेवा, महिलाहरुको मेमोग्राम रेफरल सेवा दिँदै आइरहेको छ।

उक्त कार्यक्रममा सस्थाका सस्थापक महेश भट्टराई र कोषाध्यक्ष बिमु रिसालले अतिथीहरुको व्यवस्थापन र बाल्टीमोरस्थित ‘बम्बे नाइट्स’को व्यवस्थापनले कार्यक्रममा थप चमकता थपेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *