इरानलाई झुकाउने प्रयास असफल हुनेछ
काठमाडौं । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिका वा इजरायलले इरानलाई झुकाउने प्रयास असफल हुने बताएका छन्।
मसूद पेजेश्कियानले बुधबार तेहरानमा आपतकालीन सेवाका अधिकारीहरूसँग बैठक गरे।
बैठकमा उनले भने, “इरानी जनताले अमेरिका र इजरायलको यस्तो तरिका कहिल्यै स्वीकार गर्ने छैनन्। इरानले सधैं विभिन्न देशहरूसँग राम्रो सम्बन्धको आवश्यकतामा जोड दिएको छ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो चरणको वार्ताको सम्भावना व्यक्त गरेको बेला मसूद पेजेश्कियानको यो भनाइ आएको हो।
इरानी अधिकारी वा नेताहरूले अहिलेसम्म यसबारे प्रत्यक्ष टिप्पणी गरेका छैनन्।
यद्यपि, राज्य समाचार एजेन्सी इरनाले कूटनीतिक स्रोतहरूलाई उद्धृत गर्दै इरानलाई थप वार्ताको बारेमा “कुनै जानकारी नभएको” बताएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment