मातातीर्थ औँसीः १९ जना ज्येष्ठ आमा सम्मानित
दशरथचन्द (बैतडी) । बैतडीमा मातातीर्थ औँसीको अवसरमा १९ जना ज्येष्ठ आमालाई सम्मान गरिएको छ । जिल्लाको पाटन नगरपालिका-९ स्थित सिद्धेस्वर नमुना मावि हुक्केडाँडाले ज्येष्ठ आमाहरूलाई सम्मान गरेको हो।
विद्यालय सेवा क्षेत्रभित्र रहेर सेवा दिनुभएका ६८ वर्ष उमेरमाथिका १९ जना ज्येष्ठ आमालाई दोसल्ला ओडाएर सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए।
उनका अनुसार कलावती भाट, पार्वती महरा, जानकी भाट, रामा भाट, रोहिना मडै, कल्सा महरा, जैमती महरा, रोहिना महरा, दूरा महरा, कृष्णा चन्द, मानमती महरा, मानमती महरा, हरिना लुहार, काली लुहार, परु महरा, अन्फा महरा, कलावती भाट, जस्मा महरा र जानकी भाट सम्मानित भएका छन्।
हरेक नागरिकले आमालाई माया र सम्मान गर्नुपर्नेमा विद्यार्थीको भावनात्मक विकास होस् भन्ने उद्देश्यले आमा सम्मान कार्यक्रमको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।







डिसी नेपाल







Facebook Comment