चार पत्रकार पुरस्कृत

डिसी नेपाल
५ वैशाख २०८३ १६:३४
20
Shares

पथरी (मोरङ)। सञ्चार क्लब नेपालको २२औँ वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा चार पत्रकारलाई पुरस्कृत गरिएको छ।

आज यहाँ आयोजित कार्यक्रममा पत्रकारिताको माध्यमबाट समाजमा योगदान गरेको भन्दै पत्रकार केशव निरौलालाई नगद रु १० हजारसहित ‘दाताराम–पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मान गरिएको हो।

यस्तै, दुर्गाप्रसाद खतिवडालाई ‘दुर्गाराज पोमु (लिम्बू) स्मृति पत्रकारिता पुरस्कार’, सन्तोष गौतमलाई ‘लिलागोमा आचार्य स्मृति पत्रकारिता पुरस्कार’ र सन्तोष राईलाई ‘सञ्चार क्लब नेपाल पत्रकारिता पुरस्कार’ बाट जनही रु १० हजार एकसहित सम्मान गरिएको हो।

उनीहरूलाई कोशी प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङले सम्मान तथा पुरस्कृत गरे। क्लबले एक दशकअघि देखि विभिन्न कोष स्थापना गरी पुरस्कार प्रदान गर्दै आएको छ। अधिवेशनले आजै नयाँ नेतृत्वसमेत चयन गर्ने क्लबका अध्यक्ष कुमार खड्काले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *