दुई प्रदेशका डीआईजी फेर्ने गृहको तयारी: माघमा सरुवा भएकाहरूको पनि मूल्यांकन हुँदै

डिसी नेपाल
७ वैशाख २०८३ ८:१३
408
Shares

काठमाडौं। नेपाल प्रहरीमा दुई वटा प्रदेशका डिआइजीहरुको सरुवा तयारी भएको छ। अवधि पुगेका र आठ महिना बढी भएका डिआइजीहरुको सरुवा तयारी भएको हो। गृहमन्त्रालयले प्रदेश डिआइजीको कार्यसम्पादन र अवधिको विषयमा चासो राखेपछि उनीहरुको सरुवा तयारी भएको हो।

जसअनुसार मधेश प्रदेशका गोविन्द थपलिया तथा सुदूरपश्चिम प्रदेशमा ओम रानाको सरुवा तयारी भएको छ। मधेश प्रदेशमा कार्यरत उमाप्रसाद चतुर्वेदी तथा सुदूरपश्चिम प्रदेशका डम्बर विक गत असोजमा एआइजीमा बढुवा भएसँगै उनीहरुलाई ती प्रदेशको नेतृत्व गर्न पठाइएको थियो। मधेश प्रदेशमा डिआइजी थपलिया घुमुवा परिचालनमा विवादमा आएका कारण उनको सरुवा तयारी भएको स्रोतको दावी छ।

यसैगरी गत माघमा सरुवा भएका केही डिआइजीलाई पनि फिर्ता बोलाउनसक्ने प्रहरी प्रधानकार्यालयले जनाएको छ। दुई डिआइजीको सरुवा गर्ने तयारी गरेको बेला गत माघमा सरुवा भएका डिआइजीको विषयमा पनि छलफल भएको गृहमन्त्रालयका एक अधिकारीले बताए।

आइतबार दिउसो यो विषममा छलफल भएको थियो। गृहमन्त्रालयमा विदाको दिन पनि गृहमन्त्री सुधन गुरुङ, प्रहरी महानीरिक्षक दानबहादुर कार्की तथा मन्त्रालयका सिनियर कर्मचारीहरुबीच छलफल भएको थियो।

गत माघमा चार प्रदेशको प्रहरी नेतृत्व फेरिएको थियो। लुम्बिनीमा भूपेन्द्रबहादुर खत्री, बागमतीमा दीपक रेग्मी, गण्डकीमा दीपेन्द्र जिसी तथा कर्णालीमा जयराज सापकोटालाई पठाइएको थियो।

त्यसअघि लुम्बिनीमा राजेन्द्रप्रसाद भट्ट, कर्णालीमा माधव श्रेष्ठ, गण्डकीमा दिनेश आचार्य र बागमतीमा अरुण पौडेल कार्यरत थिए। निर्वाचनलाई लक्षित गरी सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

निर्वाचनमा उत्कृष्ट कार्य गरेको भन्दै गृहमन्त्रालयले सबै प्रदेश प्रहरी कार्यालयलाई पुरस्कृत गर्दा कर्णाली प्रदेशका डिआइजी सापकोटा भने त्यसमा परेका थिएनन्। सरुवाको बेला आफू कर्णाली पठाइएको भन्दै प्रहरी नेतृत्वप्रति अपशब्द प्रयोग गरेको विषयमा उनीमाथि स्पष्टिकरण सोधिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *