अमेरिकामा ८ बालबालिकाको हत्या, मृतकहरू २ देखि १४ वर्षका
काठमाडौं । अमेरिकाको लुइसियानाको श्रेभपोर्टमा भएको गोलीकाण्डमा १ देखि १४ वर्ष उमेर समूहका आठ बालबालिकाको मृत्यु भएको छ। प्रहरीले घटनालाई घरेलु विवादको रूपमा वर्णन गरेको छ।
प्रहरीका अनुसार आइतबार एक आक्रमणकारीले १० जनालाई गोली हानेर कारमा भागेका थिए। पछि प्रहरीको गोली लागेर संदिग्ध व्यक्तिको मृत्यु भएको थियो।
प्रहरीले पीडितहरूको नाम सार्वजनिक गरेको छैन, तर केही बालबालिका मृतक आक्रमणकारीका आफन्त भएको बताएको छ। ती सबै नाबालिग थिए।
श्रेभपोर्ट मेयरका सञ्चार निर्देशक ली एन इभेन्स्कीले बीबीसीलाई बताएअनुसार संदिग्ध आक्रमणकारीको पहिचान शमार एल्किन्सको रूपमा गरिएको छ।
“यो एउटा दुखद घटना हो, सायद हामीले श्रीभपोर्टमा देखेको सबैभन्दा दुखद घटना हो,” श्रीभपोर्टका मेयर टम आर्सेनोले आइतबार भने।
No ads found for this position

डिसी नेपाल
Facebook Comment