लागुऔषधसहित विभिन्न स्थानबाट बाह्र जना पक्राउ

डिसी नेपाल
११ वैशाख २०८३ १२:०७

काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको बेदकोट नगरपालिका-७ का २० वर्षीय अरूण चौधरीलाई पक्राउ गरिएको हो।

यसैगरी, काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने विभिन्न औषधिसहित सोही स्थानका ४७ वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरिएको छ।

मोरङको उर्लाबारी नगरपालिका-९ का बलबहादुर श्रेष्ठलाई निजकै घरबाट, कैलालीको गोदावरी नगरपालिका-४ गोदावरीस्थित डिएन रूद्र प्लाजा होटलबाट चार जना, धनगढी उपमहानगरपालिका-१३ श्रीलंका मुक्त कमैया टोलबाट दुई र टीकापुर नगरपालिका-१ बाट दुई जनालाई खैरो हेरोइन र डिजिटल तराजुसहित पक्राउ गरिएको छ।

उदयपुरको बेलका नगरपालिका-८ कोठुबाट २७ किलोग्राम गाँजासहित सोही नगरपालिका-८ माजटोलका २५ वर्षीय अशोक राईलाई पक्राउ गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *