तत्कालीन किष्ट बैंक घोटालामा फरार श्रेष्ठ पक्राउ

डिसी नेपाल
११ वैशाख २०८३ २०:५४

काठमाडौं। केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैंक घोटाला प्रकरणमा फरार टेलर हेड रोहितलाल श्रेष्ठलाई पक्राउ गरेको छ।

उक्त बैंकको नक्कली कागजात, छाप, बैंक कर्मचारी र सुरक्षा गार्डसमेत तयार गरी बैंकलाई झुक्काई हानी नोक्सानी गरेको मुद्दामा सर्वोच्च अदालतबाट २०८० असोज १५ गते दुई वर्ष कैद सजाय तोकिएका उनलाई आज महाराजगन्जबाट पक्राउ गरिएको हो।

अदालतले उनलाई रु १३ लाख ३३ हजार ३३३ जरिवानासमेत गरेको थियो। सो बैङ्कको ठमेल शाखामा जुनियर असिष्टेन्ट पदमा कार्यरत उनले टेलर हेडको जिम्मेवारीमा रहदा उक्त घोटाला गरेको अनुसन्धानबाट खुलेको छ।

निज श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको व्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *