वर्षाले जलेश्वर जलमग्न
जलेश्वर (महोत्तरी)। आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न बनेको छ।
पानी निकास हुन नसक्दा जलेश्वरको नगरपालिका चोक, शङ्कर चोक, मीना बजार, महेन्द्र चोक, अस्पताल चोक, खैरा चोक, अस्पताल चोकलगायत स्थान जलमग्न बनेको छ।
जलेश्वर नगरभित्रका प्रायःजसो सडक डुबानमा परेपछि सडकमा पैदल हिँडडुल गर्न समस्या भएको छ। सडकमा सवारीसाधन गुडाउन समेत नसकिएको स्थानीयले बताएका छन्।
सदरमुकामस्थित सरकारी तथा गैरसरकारी कार्यालय परिसर पानी पसेर जलमग्न बनेको छ। जलेश्वरमा ढल निकासको व्यवस्था राम्रो नभएका कारण सामान्य वर्षा हुँदा समेत यहाँ बजार क्षेत्र डुबानमा पर्ने गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment