एक्साभेटर दुर्घटना, एक जना बेपत्ता

डिसी नेपाल
१३ वैशाख २०८३ १८:२७

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकाको कर्णाली करिडोरअन्तर्गत पर्ने लैफुडाँडामा आज एक्साभेटर दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन्।

सडक निर्माणका क्रममा एक्साभेटर अनियन्त्रित भई दुर्घटना हुँदा जिल्लाको नरहरीनाथ गाउँपालिका-२ का १८ वर्षीय महेश रावल बेपत्ता भएका हुन्।

सडकका लागि बाटो खन्ने क्रममा एक्साभेटर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए।

दुर्घटनामा चालक र सहचालक सकुल रहेका बताउँदै उनले बेपत्ता भएका युवकको जगन्नाथ प्रहरीचौकी जुड्डी, इलाका प्रहरी कार्यालय कोल्टी, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित नेपाली सेनाको समन्वयमा खोजी कार्य भइरहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *