हिमाल आरोहीको सकशुल उद्दार
म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्दार गरिएको छ।
आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको सफल आरोहण गरेर फर्कने क्रममा शुक्रबार बिहान चुचुरो नजिकबाट चिप्लीएर करिब चार सय मिटर तल खस्दा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय मिङ्मा तेन्जि शर्मा गम्भिर घाइते हुनुभएको थियो। उहाँलाई उद्दार गरेर आज उपचारका लागि काठमाडौं पठाइएको उद्दारमा संलग्न १४ समिट एक्सपीडिसनका फुरु तेन्जि शेर्पाले जानकारी दिए।
“बेसक्याम्पमा सम्पर्क गरी माथिल्लो क्याम्पबाट उद्दारकर्मी परिचालन गरी शनिबार राती मिङ्मालाई आधार शिवर ल्याएका थियौँ,” उनले भने “अचेत भेटिएका उनको स्वास्थ्य अवस्था सुधार हँुदै गएको छ।”
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment