कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी
सुर्खेत । कर्णालीमा कक्षा १२ को परीक्षामा २४ हजार परीक्षार्थी सहभागी भएका छन् । परीक्षामा कर्णालीका आठ जिल्लाका ९० वटा परीक्षा केन्द्रबाट २४ हजार बढी परीक्षार्थी सहभागी भएका हुन् ।
कर्णालीबाट यस वर्ष नियमिततर्फ १७ हजार १२५ र आंशिकतर्फ ७ हजार २९२ जना गरी २४ हजार ४१७ जना विद्यार्थी सहभागी भएको प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख महेश देवकोटाले जानकारी दिए ।
परीक्षा व्यवस्थापन कार्यालयका अनुसार रुकुम पश्चिम र सल्यानलाई बोर्डको दाङ कार्यालयले हेर्ने हुँदा बाँकी आठ जिल्लाका परीक्षा केन्द्रको व्यवस्थापन सुर्खेतस्थित प्रदेश परीक्षा व्यवस्थापन कार्यालयले नियमन तथा निर्देशन गर्ने देवकोटाले बताए ।
कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै सुर्खेतबाट ८ हजार १११ जना र सबैभन्दा कम डोल्पाबाट ६०६ जना परीक्षार्थी सहभागी भएका छन् । परीक्षा सम्पन्न गर्न ९० जना केन्द्राध्यक्ष, १८० जना सहायक केन्द्राध्यक्ष, ६१२ जना निरीक्षक, ९० जना कर्मचारी, १८० जना सहयोगी कर्मचारी र ९०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।







डिसी नेपाल







Facebook Comment