आईपीएल : २२२ रन बनाएर पनि पन्जाब स्तब्ध, फरेरा र जैसवाल चम्किँदा राजस्थान विजयी

डिसी नेपाल
१६ वैशाख २०८३ ६:४२

काठमाडाैं। इन्डियन प्रिमियर लिग (आईपीएल) को ४० औँ खेलमा  चण्डीगढस्थित महाराजा यादविन्द्र सिंह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली पन्जाब किङ्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२२ रनको विशाल योगफल तयार पारेको थियो।

पन्जाबका लागि मार्कस स्टोइनिसले विष्फोटक ब्याटिङ गर्दै मात्र २२ बलमा ६ छक्का र ४ चौकाको मद्दतले नटआउट ६२ रनको योगदान दिएका थिए।

त्यस्तै ओपनर प्रभसिमरन सिंहले ५९ रनको अर्धशतकीय पारी खेले भने श्रेयस अय्यरले ३० र कोपर कोनोलीले ३० रन बनाए। राजस्थानका बलर यश राज पुन्जाले २ विकेट लिए भने जोफ्रा आर्चर र नान्द्रे बर्गरले समान १–१ विकेट हात पारे।

पन्जाबले दिएको २२३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सले आक्रामक सुरुवात गरेको थियो। युवा ब्याटर वैभव सूर्यवंशीले मात्र १६ बलमा ४३ रन जोडेर टोलीलाई बलियो आधार दिए भने अर्का ओपनर यशस्वी जैसवालले २७ बलमा ५१ रनको अर्धशतकीय योगदान दिए।

मध्यक्रममा कप्तान रियान परागले २९ रन बनाएर आउट भए पनि फिनिसरको भूमिकामा आएका डोनोभन फरेरा र शुभम दुबेले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्‍याए। फरेराले २६ बलमा नटआउट ५२ रनको म्याच विनिङ इनिङ्स खेले भने दुबेले १२ बलमा ३१ रन जोडे।

पन्जाबका लागि युजवेन्द्र चहलले ३ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। ५२ रनको अविजित पारी खेलेका फरेरा खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *