काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा

डिसी नेपाल
१६ वैशाख २०८३ १७:४४

काठमाडौं । काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अपरान्ह ४ बजेदेखि हावाहुरी सहितको वर्षा हुने विवरण सार्वजनिक गरेको थियो। काठमाडौंमा अपरान्ह ४ बजेदेखि वर्षा भइरहेको हो।

यसका साथै देशका विभिन्न स्थानमा हावाहुरीसहितको वर्षा जारी रहेको महाशाखाले जनाएको छ।

हावाहुरी आज अपराह्न ४ बजेदेखि बिहीबार बिहान ६:४५ रहेको महाशाखाको भनाइ छ।

सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ।

कञ्चनपुर, डडेल्धुरा, डोटी, बर्दिया, बाँके, दाङ, नवलपुर, चितवन, बारा, पर्सा, धनुषा, झापा, मोरङलगायतका जिल्लामा हावाहुरीको बढी प्रभाव पर्ने पूर्वानुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *