होर्मुज नाका बन्द: खाडीको समुन्द्रमा १५ सय जहाजको ‘ट्राफिक जाम’
पानामा। रणनीतिक महत्त्वको समुद्री नाका ‘स्ट्रेट अफ होर्मुज’ बन्द भएका कारण खाडी क्षेत्रमा एक हजार ५०० भन्दा बढी मालवाहक जहाजहरू ठप्प भएका छन्।
अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आइएसओ) का अनुसार गत फेब्रुअरी २८ देखि उक्त नाका बन्द हुँदा विश्वव्यापी आपूर्ति शृङ्खला प्रभावित भएको छ भने करिब २० हजार चालक दलका सदस्यहरू बीच समुन्द्रमै फसेका छन्।
पानामामा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्दै आइएसओका महासचिव आर्सेनियो डोमिंगेजले अहिलेको भूराजनीतिक परिस्थितिका कारण ठूलो सङ्ख्यामा निर्दोष मानिसहरू र जहाजहरू खाडी क्षेत्रमा रोकिनुपरेको जानकारी दिएका हुन्।
महासचिव डोमिंगेजले फसेका चालक दलका सदस्यहरू विभिन्न देशबाट आफ्नो नियमित कामका लागि निस्किएका सर्वसाधारण नागरिक भएको उल्लेख गर्दै उनीहरूको नियन्त्रणभन्दा बाहिरको राजनीतिक अवस्थाले गर्दा यो संकट निम्तिएको बताएका छन्।
स्ट्रेट अफ होर्मुज विश्वव्यापी रूपमा खपत हुने विभिन्न उत्पादनहरूको ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण मार्ग मानिन्छ, जसका कारण यो नाका बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापारमै गम्भीर असर पुगेको छ।
उद्योग व्यवसायी तथा समुद्री संगठनका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै डोमिङ्गेजले यस क्षेत्रमा फसेकाहरूको सुरक्षा र ढुवानीलाई लिएर चिन्ता व्यक्त गरेका छन्।







डिसी नेपाल







Facebook Comment