छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको ज्यान गएको छ।
नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-१६ अमरापुरीचोकस्थित सडकमा भेडाबारीबाट रजहरतर्फ जाँदै गरेको ग.प्र ०४-००२ प १८०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीया लक्ष्मी शर्मा सुवेदीको गए राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी नवलपरासी पूर्वकै गैंडाकोट नगरपालिका-९ थुम्सीस्थित सडकमा ना.७ ख ८६२१ को टिपरले लु.४१ प ९२३७ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार देवचुली नगरपालिका-१० बस्ने ३५ वर्षीया जमुना गिरी थापाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटना घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ।
कपिलवस्तुको महाराजगंज नगरपालिका-१ बगहियास्थित सडकमा महाराजगंजबाट खरेन्द्रपुरतर्फ आउँदै गरेको लु.१ त ४१३६ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक बुद्धभूमी नगरपालिका-८ मधुनगरा बस्ने २२ वर्षीय पिन्टु बारीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो।
सल्यानको बागचौर नगरपालिका-१० भाटबिटेस्थित सडकमा श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको भे.१ त २०९० नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक शारदा नगरपालिका-१३ बस्ने २५ वर्षीय बसन्त बुढाथोकीको घटनास्थलमै मृत्यु भएको छ।
यसैगरी सल्यानको दार्मा गाउँपालिका-२ भुसखोलास्थित सडकमा फारूल्लाचौरदेखि भुसखोलातर्फ जाँदै गरेको रा.१ त ४४९५ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका-२ बस्ने १७ वर्षीय प्रदिप विकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको थुम्के सल्ली स्वास्थ्य चौकी दार्मामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको नर्सिङ होम नेपालगंजमा उपचार भइरहेको छ।
प्युठानको गौमुखी गाउँपालिका-४ नेपाने खोलास्थित सडकमा ठुलाबेसीबाट अर्खातर्फ जाँदै गरेको लु.५६ प १५७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक सोही गाउँपालिका-१ अर्खा बस्ने २५ वर्षीय हेमराज राना मगरको घटनास्थलमै मृत्यु भएको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थित सडकमा प्रदेश१-०१-०१८ प ७८९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका-८ बरगाछी बस्ने ३० वर्षीय मनिस बस्नेतको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment