एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, एसएमएस, आइभीआर र वेबसाइटबाट हेर्न सकिने

डिसी नेपाल
२७ वैशाख २०८३ १०:२५

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

बोर्डले आइतबार एक सूचना जारी गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सहज रूपमा विभिन्न सेवा प्रदायक संस्थाहरूमार्फत लिन सकिने बताएको छ । बोर्डले नतिजा प्रकाशित भएपछि परीक्षार्थी र अभिभावकहरूले एसएमएस, आइभीआर र आधिकारिक वेबसाइटहरूको माध्यमबाट आफ्नो विवरण प्राप्त गर्न सक्ने जनाएको छ ।

नतिजा हेर्नका लागि बोर्डले नेपाल टेलिकमको ‘१६००’ सर्टकोडमा एसएमएस, यूएसएसडी वा आइभीआर सेवा प्रयोग गर्न सकिने व्यवस्था मिलाएको छ। त्यसैगरी, जानकी टेक्नोलोजी प्रा.लि. को ‘३५००१’ र एम्बिसन गुरु प्रा.लि. को ‘३१०६१’ नम्बरमा एसएमएस गरेर पनि नतिजाको जानकारी लिन सकिने सूचनामा उल्लेख छ। प्रविधिको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै बोर्डले डिजिटल माध्यमबाट नतिजा उपलब्ध गराउने प्रक्रियालाई प्राथमिकता दिएको हो।

वेबसाइटमार्फत नतिजा हेर्न चाहनेहरूका लागि राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक पोर्टलहरू लगायत अन्य विभिन्न निजी क्षेत्रका पोर्टलहरूलाई पनि अनुमति दिइएको छ। विद्यार्थीहरूले नेपाल टेलिकमको आधिकारिक नतिजा पोर्टल, कान्तिपुर पब्लिकेसन्स, इडियु सञ्जाल, खल्ती, कलेज इन्फो नेपाल र द कनेक्ट प्लस जस्ता १४ वटा विभिन्न वेबसाइटहरूबाट मार्कसिटसहितको नतिजा हेर्न सक्नेछन्। बोर्डले नतिजासम्बन्धी आधिकारिक र आधिकारिकता पुष्टि भएका स्रोतहरूबाट मात्र जानकारी लिन सबैमा अनुरोध समेत गरेको छ।

यस्तो छ बोर्डको सूचना –


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *