ठेक्का अलपत्र पारेको आरोपमा निर्माण व्यवसायी रमेश शर्मा पक्राउ
काठमाडौं। प्रहरीले ‘शर्मा एण्ड कम्पनी’ का सञ्चालक एवं प्रतिष्ठित निर्माण व्यवसायी रमेश शर्मालाई पक्राउ गरेको छ।
विकास निर्माणका योजनाहरू सम्झौता अनुसार समयमै सम्पन्न नगरी अलपत्र पारेको गम्भीर आरोपमा उहाँलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका शर्मालाई आवश्यक कारबाही र थप प्रक्रियाका लागि सहरी विकास मन्त्रालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
पछिल्लो समय सरकारले ठेक्का ओगटेर काम नगर्ने ‘पप्पु’ लगायतका विभिन्न निर्माण कम्पनी र तिनका सञ्चालकहरूमाथि निगरानी र कारबाही तीव्र पारेको सन्दर्भमा शर्माको पक्राउलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment