मलेसियामा डुंगा डुब्दा १४ जना वेपत्ता

डिसी नेपाल
२९ वैशाख २०८३ १०:३८
88
Shares

कोलालम्पुर। मलेसियाको पश्चिमी तटमा रहेको पांकाेर टापुमा इन्डोनेसियाका ३७ जना कागजात विहीन आप्रवासी बोकेको डुंगा डुब्दा १४ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन्।

पेराकमा स्थित मलेसियन मेरिटाइम एन्फोर्समेन्ट एजेन्सी (एमएमइए) ले सोमबार एक जना स्थानीय माझीले समुद्रमा जीवित व्यक्तिहरू तैरिरहेको भेटेर सूचना गरे पछि घटनाको आशंका गरी उद्धार प्रयास गरिएको बताएको छ।

प्रारम्भिक अनुसन्धानले डुंगामा सवार ३७ जना मध्ये २३ जना पीडितलाई उद्धार गरिएको जनाएको छ भने बाँकी व्यक्तिहरू पत्ता लगाउने प्रयास जारी छ।

पेराक एमएमइएका निर्देशक मोहम्मद शुकरी खोटोबले विज्ञप्ति जारी गर्दै प्रारम्भिक अनुसन्धानले आप्रवासीहरू मे-९ मा इन्डोनेसियाको किसरनबाट पेनाङ, तेरेङ्गानु, सेलान्गोर र क्वालालम्पुर लगायत मलेसियाका अन्य गन्तव्यहरूतर्फ हिडेको उल्लेख गरेका छन्।

एजेन्सीले बेपत्ता व्यक्तिहरूको खोजी गर्न डुंगा, हेलिकप्टर तथा विमान तैनाथ गरेको उनले बताएका छन्। उद्धार गरिएका व्यक्तिलाई थप अनुसन्धानका लागि प्रहरीलाई बुझाएको जनाएको छ।

मलेसिया एसियाका गरिब भागहरूबाट आएका लाखौं आप्रवासीहरूको मुख्य गन्तव्य हो, जस मध्ये धेरै जना कागजात विहीन छन् जसले निर्माण र कृषि लगायत उद्योगहरूमा काम गरिरहेको जनाइएको छ।

यद्देपी मानव बेचबिखनको अखडा बनाइएका सिमाहरुमा प्रायः खतरनाक हुनेगरेको र जसले गर्दा डुङ्गाहरू डुब्ने गरेको बताएको छ।

यस अघि सन् २०२५ नोभेम्बर मा थाई-मलेसियन तट नजिकै अनियमित आप्रवासी बोकेको डुङ्गा पल्टिदा ३६ जना आप्रवासीहरूको मृत्यु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *