बाँदर धपाउन सार्वजनिक विदा

डिसी नेपाल
३० वैशाख २०८३ १०:२७

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर नियन्त्रणका लागि अनौठो जुक्ति निकालेको छ। नगरपालिकाले बाँदरलाई आफ्नो क्षेत्रबाट सीमा कटाउनका लागि जेठ १ गते नगरभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बाँदर खेद्न ठूलो संख्यामा जनशक्ति परिचालन गर्नुपर्ने भएकाले उक्त दिन अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने नगरप्रमुख अर्जुन माबोहाङले जानकारी दिएका छन् ।

“धेरै मानिस मिलेर मात्र बाँदरलाई धपाउन सकिने भएकाले बिदा नै दिएर जनपरिचालन गर्न लागिएको हो,” नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *