इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे सिन्धुलीबाट पक्राउ

डिसी नेपाल
३० वैशाख २०८३ ११:१०

काठमाडाैं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ।

सिन्धुलीको कमलामाई नगरपालिका-६, बसपार्क क्षेत्रबाट वैशाख २९ गते राति करिब ८ बजे उनलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ। पक्राउ लगत्तै उनलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ।

सीईओ पाण्डेमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी प्रक्रियामा संलग्न भई ठगी गरेको गम्भीर आरोप लागेको छ।

काठमाडौंको रक्तकाली स्थायी ठेगाना भई हाल ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिता बमोजिम ठगी तथा आपराधिक विश्वासघातको कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको सीआईबीका प्रवक्ता एवं एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *