भारतीय तीर्थयात्री हुम्लामा
हुम्लामा शनिबार रातिदेखि हिमपात भएपछि आइतबार बिहानै सदरमुकाम सिमकोटलगायत आसपासका क्षेत्रमा जमेको हिउँ। तस्बिरः दाने बोहरा/रासस
हुम्ला । कैलाश मानसरोवर दर्शनका लागि सिमकोट–नाम्खा हिल्सा नाका हुँदै भारतीय तीर्थयात्री सिमकोट पुगेका छन् ।
यहाँ आइपुगेका २५ भारतीय तीर्थयात्रीलाई प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीलगायतले सिमकोट विमानस्थलमा स्वागत गरे ।
यस वर्ष हुम्ला हुँदै करिब ११ हजार भारतीय नागरिक कैलाश मानसरोवर दर्शनका लागि आउने अपेक्षा गरिएको छ। गत वर्ष सात हजार भक्तजनले कैलाश मानसरोवरको दर्शन गरेका प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।
यसैगरी, सरकारको निर्णयअनुसार हुम्लाका सातवटै गाउँपालिकामा यही वैशाख २८ गतेदेखि सरसफाइ अभियान सुरु गरिएको छ। सिमकोट, नाम्खा, खार्पुनाथ, सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा सो अभियान सञ्चालन गरिएको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment