अबुधाबी अवतरण गर्दा मोदीको विमानलाई युएईको एफ–१६ जेट विमानहरूबाट स्कर्टिङ
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार युएई पुगेका छन्। युएईको हवाई क्षेत्रमा प्रवेश गर्ने बित्तिकै युएईको एफ–१६ जेट विमानहरूले मोदीको विमानलाई एस्कर्टिङ गरेका थिए।
अबुधाबीमा अवतरण गर्दा उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो। प्रधानमन्त्रीले राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेट गर्नेलगायतका कार्यक्रम छन्।
दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू, विशेष गरी ऊर्जा सहयोग, साथै पारस्परिक हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने कार्यक्रम तय छ।
मोदी मे १५ देखि २० सम्म पाँच राष्ट्रको भ्रमणको क्रममा शुक्रबार अबुधाबी प्रस्थान गरेका हुन्। भ्रमणको उद्देश्य व्यापार, प्रविधि, ऊर्जा, नवप्रवर्तन र हरित वृद्धिमा भारतको रणनीतिक साझेदारीलाई गहिरो बनाउनु हो। साथै युरोप र खाडी क्षेत्रसँग नयाँ दिल्लीको विस्तारित संलग्नतालाई सुदृढ पार्नु हो।
यूएई भ्रमणका क्रममा रक्षा, ऊर्जा, पूर्वाधार र बैंकिङ क्षेत्रहरूमा प्रमुख सम्झौता र लगानी घोषणाहरू भएका छन्। भारत र युएईले द्विपक्षीय रणनीतिक र सुरक्षा सहयोगलाई अझ सुदृढ गर्दै रणनीतिक रक्षा साझेदारीको रूपरेखामा सम्झौतामा हस्ताक्षर समेत भएको छ।
दुई देशले ऊर्जा क्षेत्रमा सहयोगलाई बढावा दिँदै रणनीतिक पेट्रोलियम भण्डार र तरल पेट्रोलियम ग्यास (एलपीजी)को आपूर्ति सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर गरे।
समुद्री क्षेत्रमा, दुवै पक्षले वाडीनारमा जहाज मर्मत क्लस्टर स्थापना गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। मोदी पश्चिम एसियाका केही देशको भ्रमणपछि युरोप जाने कार्यक्रम छ।
नर्वेमा, मोदीले मे १९ मा ओस्लोमा तेस्रो भारत–नोर्डिक शिखर सम्मेलनमा भाग लिने र नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरसँग द्विपक्षीय वार्ता कार्यक्रम तय भएको छ। शिखर सम्मेलनमा डेनमार्क, फिनल्याण्ड, आइसल्याण्ड र स्वीडेनका नेताहरूको पनि सहभागिता रहनेछ। (एएनआई)







डिसी नेपाल







Facebook Comment