सवारी दुर्घटनामा युवकको मृत्यु
धनगढी । धनगढीमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत धनगढी उपमहानगरपालिका–४ स्थित नेपाली सेनाको ब्यारेक नजिकै नम्बर नखुलेको ट्याक्टरले सुपप्र०१०१४ प२६२८ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक अछामको मेल्लेख गाउँपालिका–६ घर भएका ३७ वर्षीया प्रभाकर भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
दुर्घटनामा चालकको टाउकोमा गम्भीर चोट लागेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment